नियम
सवारीको नामसारी
(१) कुनै व्यक्तिको नाममा दर्ता भएको सवारी अन्य कुनै व्यक्तिको नाममा नामसारी गराउन चाहेमा सम्बन्धित सवारी धनीले त्यस्तो सवारी दर्ता भएको कार्यालयमा ऐनको दफा ३७ को उपदफा (१) मा उल्लेख भए बमोजिमका कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–१२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको नामसारी गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सवारीको नामसारी गरी दिनेछ ।